वैशाख १९ मा नीति तथा कार्यक्रम पेश गर्ने गरी कार्यतालिका बनाउने सहमति

वैशाख १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
वैशाख १९ मा नीति तथा कार्यक्रम पेश गर्ने गरी कार्यतालिका बनाउने सहमति

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेश गर्ने गरी प्रतिनिधि सभाको क्यालेन्डरको मस्यौदा तयार भएको छ । सभामुख देवराज घिमिरे र मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरूबीच आज भएको छलफलमा वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम पेश गर्ने गरी कार्यतालिका बनाउने सहमति जुटेको हो ।

त्यसैगरी बैठकमा पूर्वबजेट छलफलसँगै विद्यालय शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने सहमति भएको छ । अब शनिबार र सार्वजनिक बिदाको दिनबाहेक सबै दिन बजेट अधिवेशन सञ्चालन गरी गर्ने क्यालेन्डर तयार गरिएको छ ।

बजेट अधिवेशनको पहिलो दिन संसद्‌मा प्रतिनिधित्व गर्ने मुख्य दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका समेत संसद् सचिवालयले बनाएको छ । छलफलमा सभामुख घिमिरेले बजेट अधिवेशनबाट सरकारको नीति तथा कार्यक्रम र अन्य विधेयकहरू पनि पारित गर्नुपर्ने भएकाले सभा सञ्चालन गर्न समन्वयकारी भूमिका निर्वाह गर्न प्रमुख सचेतकहरूलाई आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.