बजेट अधिवेशनमा शिक्षकका माग सम्बोधन गर्न सम्भव छैन : सभामुख

वैशाख ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
बजेट अधिवेशनमा शिक्षकका माग सम्बोधन गर्न सम्भव छैन : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकका माग सम्बोधन गर्न सम्भव नरहेको बताउनुभएको छ । झापामा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले बजेट अधिवेशनले बजेटसँग सम्बन्धित विषयलाई नै प्राथमिकता दिनुपर्ने भएकाले शिक्षकका माग सम्बोधन गर्न सक्ने अवस्था नरहेको बताउनुभएको हो । 

शिक्षकहरूले भनेजस्तो तत्काल विद्यालय शिक्षा ऐन जारी हुन सम्भव नभएको उहाँको भनाइ छ । सभामुख घिमिरेले सरकारले माग सम्बोधन गर्ने प्रक्रिया सुरु गरेकाले वार्तामा नबसे पनि शिक्षकहरूले तत्काल आन्दोलन फिर्ता लिनुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले विद्यालय शिक्षा विधेयकमा दलहरूबीच नै मतभेद भएकाले राजनीतिक सहमति कायम गर्न आवश्यक रहेको समेत बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.