पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः महामन्त्री शर्मा

चैत्र २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उहाँको संलग्नता रहेको महामन्त्री शर्माको जिकिर छ ।

पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनुपदैन ? भन्दै उहाँले प्रश्न समेत गर्नुभयो । उहाँले राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भएपनि गणतन्त्रण्ले महिला राष्ट्रपति बनाएको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिहरुलाई सुधार गर्दै जानुपर्ने बताउनु भयो । उहाँले ०८४ को निर्वाचनपछि मुख्य राजनीतिक दलहरुमा दलको नेतृत्व परिवर्तन हुने दाबी गर्नुभयो ।

तीनकुने घटनाको छानविन गर्न सरकारले न्यायिक छानविन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्नेमा उहाँको जोड छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.