काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा आइतबार काठमाडौंमा र्याली निकालेको छ । भृकुटीमण्डपबाट निस्किएको र्याली भद्रकाली-सुन्धारा-वीर अस्पताल-रत्नपार्क-पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा बोल्दै प्रभु साह लगायतका नेताले वर्तमान व्यवस्थालाई दलतन्त्रको संज्ञा दिँदै सुधारिएको व्यवस्था हुनुपर्ने बताउनुभयो । कवाड व्यवसायीहरूलाई दुःख दिएको भन्दै सहभागीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको समेत आलोचना गरेका थिए ।