देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्णः अर्थमन्त्री पौडेल

चैत्र २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्णः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण बन्दै गएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो दिनमा देशको समग्र विकासमा श्रोतको व्यवस्थापन चुनौतिपूर्ण विषय बन्दै गएको उल्लेख गर्नुभयो ।

उहाँले देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादनको वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन आह्वान गर्नुभयो ।

उहाँले लगानीकर्ताहरूलाई लगानीका लागि सरकारले आकर्षित गरिरहेको बताउनुभयो । उहाँले त्यसका लागि सरकारले अध्यादेशहरूमार्फत् लगानीको वातावरण सिर्जना गरेको उल्लेख गर्नुभयो । 

अध्यादेशहरू अहिले कानूनको रूपमा आइसकेको र कानूनको सिलसिलामा आवश्यक पर्ने नियमावली, निर्देशिका मापदण्डलगायतका डकुमेण्टहरू पनि तयार भइसकेको भन्दै मन्त्रीपरिषद्ले छिटै पारित गर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले सरकार देशमा लगानीमैत्री वातावरण बनाउन अग्रसर रहेको र नेपालमा लगानीको प्रशस्त सम्भावनाहरू रहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.