हुम्ला । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा विद्यालय शिक्षा ऐन जारी माग गर्दै केही दिनदेखि देशैभरी अनिश्चितकालीन आन्दोलन गरिरहेको छ ।
सो अवस्थामा शिक्षक तथा विद्यालय कर्मचारीका यथोचित माग समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रवन्ध गर्नसक्ने ऐन जारी गर्न ढिलाइ गर्न नहुने नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य एबं पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले जनाउनुभएको छ ।
शिक्षकहरू आन्दोलनमा उत्रिरहेको बेला हुम्ला सदरमुकाम सिमकोटमा भौतिक रूपमै उपस्थित भएर नेता शाहीले शिक्षा आन्दोलनमा ऐक्यवद्धता जनाउनुभएको हो ।
नेपाल शिक्षक महासंघले उठाएका शिक्षा क्षेत्रका विभिन्न मागहरूका साथै विगतमा नेपाल सरकारसँग भएका विभिन्न सम्झौता कार्यान्वयनका लागि गरिएका आन्दोलन, विगतमा गरिएका सम्झौता कार्यान्वयन र महासंघले उठाएका जायज मागहरूलाई वार्ता तथा सम्वादबाट समाधानका लागि सदनमा बहस पैरवी गर्दै आएका शाहीले भौतिक रूपमै उपस्थित भएर ऐक्यवद्धता जनाउनुभएकाे छ ।