काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेता कार्यकर्ता रिहाइको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
चैत १५ गतेको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्तालाई बिनाशर्त रिहा गर्न माग गर्दै राप्रपाले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल सम्शेर राणासहित अन्य प्रदर्शनकारीलाई पक्राउ गरी सरकारले मुद्दा अघि बढाएको छ । प्रदर्शनकारीले झुटा मुद्दामा पक्राउ गरिएको दाबीसहित तत्काल रिहाइको माग गरेका हुन् ।