नाङ्गो भइसकेको तीनकुने घटनाझैं सरकारले ममाथिको पर्साको मुद्दा लुकाएका छौं भन्ठान्छ : रवि लामिछाने

चैत्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नाङ्गो भइसकेको तीनकुने घटनाझैं सरकारले ममाथिको पर्साको मुद्दा लुकाएका छौं भन्ठान्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैं पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाउनुभएको छ ।

मंगलबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटका क्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

पर्साको मुद्दा विलम्व हुनुलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले तीनकुनेको घटनाझैं सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौं भनेर बसिरहेको टिप्पणी गर्नुभयो ।

सभापति लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाउनु भयो । उहाँले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद भएकाले संसदमा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताउनु भयो । संसदको विषय संसदबाट नै निवारण गरौं भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको बताउनु भयो ।

सभापति लामिछानेले आफू अदालती प्रक्रियाको सम्मान गर्दै सबै मुद्दा टुंगिउन् भन्ने उद्देश्यले केही समय राजनीतिक कार्यक्रमहरुमा नदेखिएको बताउनु भयो । 

पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रुपमा प्रयोग गरिरहेको जिकिर गर्नुभयो । उहाँले तीनकुने घटना पनि सरकारको तर्फबाटै भएको टिप्पणी गर्नुभयो ।

उहाँले सबैकुरा देखिसकेपछि सरकार घटना छोप्न लागेझैं पर्साको आफ्नो विषयमा छोप्ने प्रयासमा लागेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.