तीनकुने घटनामा सरकार नै दोषी रहेको राप्रपाको ठहर

चैत्र १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
तीनकुने घटनामा सरकार नै दोषी रहेको राप्रपाको ठहर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारको प्रदर्शनमा भएको हिंसात्मक गतिविधिमा सरकार नै दोषी भएको ठहर गरेको छ । राप्रपाको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीनकुनेमा भएको हिंसात्मक गतिविधिको दोषी सरकार भएको ठहर गरेको हो ।

यस्तै घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न पनि राप्रपाले माग गरेको छ । यसैगरी सञ्चार गृहमा भएको क्षतिको क्षतिपूर्तिको पनि राप्रपाले माग गरेको छ । यस्तै हिंसाका क्रममा मारिएका सविन महर्जन र सुरेश रजकलाई शहीद घोषणा गर्न पनि माग गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.