नेमकिपाको सर्वसम्मत पार्टी अध्यक्षमा पुन: नारायणमान विजुक्छे

फाल्गुन २०, २०८१ |सुन्दर शिल्पकार
नेमकिपाको सर्वसम्मत पार्टी अध्यक्षमा पुन: नारायणमान विजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनवाट ८५ वर्षका नारायणमा विजुक्छेलाई सर्वसम्मत पार्टी अध्यक्षमा पुनः चयन गरेको छ ।

महाधिवेशनको आज सम्पन्न बन्द सत्रले आठौं पटक बिजुक्छेको नै अध्यक्षमा चयन गरेको हो । उहाँको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति र ४ जना वैकल्पिक सदस्य पनि सर्वसम्मत चयन गरिएको छ । 

प्रेम सुवाल पुनः सचिव र मोहनप्रसाद प्रजापति पुनः कोषाध्यक्ष पदमा दोहोरिनु भएको छ । अध्यक्ष विजुक्छेले युवा पुस्तालाई पार्टी विस्तार र प्रशिक्षणका लागि नयाँ जिम्मेवारी दिएर खटाउन फेरि पार्टी अध्यक्षको नेतृत्व आफुलेनै सम्हालेको बताउनुभएको छ । पार्टी स्थापनाको ५१ वर्षसम्म पनि नेमकिपाले अध्यक्षमा बिजुक्छेलाई नै चुन्दै आएको छ । 

विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोसः 


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement