२०६४ को विजयबाट अहंकार पलाएर हामी कमजोर भयौं : माओवादी अध्यक्ष दाहाल

फाल्गुन १७, २०८१ |विनय आजाद
२०६४ को विजयबाट अहंकार पलाएर हामी कमजोर भयौं : माओवादी अध्यक्ष दाहाल

सिरहा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको अहंकारका कारण पार्टी कमजोर बनेको बताउनुभएको छ । जनजागरण अभियानका क्रममा शनिबार सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

माओवादीमा २०६४ सालको विजयबाट अहंकार पलाउनुका साथै देशी विदेशी तत्त्वहरूले पनि षड्यन्त्र गरेर कमजोर बनाएको दाहालको आरोप छ । “हामीमा अहंकार पलायो, हामीविरुद्ध षड्यन्त्र पनि भयो”, उहाँले भन्नुभयो, “तर, अब हामी सच्चिएर अगाडि बढेका छौं ।”

देशमा माओवादी कमजोर हुँदा अहिले सरकारमा भएका दलहरूले प्राप्त उपलब्धि नै सिध्याउने कुचेष्टा गर्ने गरेको भन्दै माओवादी फेरि २०६४ कै अवस्थामा फर्किने उहाँले दाबी गर्नुभयो । दाहालले मधेश र मधेशीसँग हिजोको निरंकुश सामन्ती राज्यसत्ताले दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरेको र अहिले पनि त्यो जारी नै रहेको उल्लेख गर्दै देशका हरेक नागरिकसँग सामान व्यवहार हुन नसकेसम्म समृद्धि सम्भव नरहेको बताउनुभयो ।

अहिले सरकारमा भएका दलहरूले मधेशसँग सधैं गलत व्यवहार गरेको, मधेशवादी दलहरू पनि मधेशलाई प्रयोग मात्रै गर्ने गरेको भन्दै मधेशको मुक्तिदाता माओवादी नै रहेको दाबी उहाँले गर्नुभयो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement