काठमाडौं । सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्न लागेको हो । सत्ता गठबन्धन दलहरुले सरकारलाई सुझाव दिन गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेश पारित गर्ने विषयमा छलफल हुनेछ । बैठकले संसद्मा सरकारले पेस गरेको अध्यादेश, संसद्को प्रभावकारिता र सरकारको कामकारबाहीका विषयमा छलफल हुने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिनुभयो ।
सदनमा पेश गरिएका अध्यादेश राष्ट्रियसभामा बहुमत नपुग्ने अवस्था देखिएपछि अगाडि बढ्न सकेका छैनन् । अध्यादेशलाई कसरी पारित गर्ने भन्ने विषयमै आजको बैठक केन्द्रित रहने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।