रमणीय हिउँमार्गले रोक्यो आवतजावत

फाल्गुन १७, २०८१ |महेश केसी
रमणीय हिउँमार्गले रोक्यो आवतजावत

रुकुम । बिहीबार रातिदेखि मौसममा बदली आएसँगै रुकुम पूर्वको उच्चपहाडी र हिमाली भेगमा बाक्लो हिमपात भएको छ । यही हिमपातका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्व र बागलुङ सीमास्थल पाथिहाल्ने आसपासमा यातायात सञ्चालनमा असहजता भएको छ ।

हिजो शुक्रबार दिनभरि पूर्णत: बन्द रहेको यो मार्गमा आज सवारी साधन सञ्चालनको कोसिस गरिए पनि निकै कठिन भएको छ । झन्डै ३ फिट बाक्लो हिउँ हटाउने प्रयास सफल नहुँदा जोखिम मोलेर यात्रा गिरिरहेका सवारी चालक र यात्रुहरूले यात्रा गर्न कठिन भएको दु:खेसो गरेका छन् ।

प्रतिकूल मौसम र जोखिमपूर्ण बाटो छिचोलेर पाथिहाल्ने र आसपासमा परेको हिउँमा रमाउन रुकुम र बागलुङतर्फबाट थुप्रै आन्तरिक पर्यटक यहाँ पुगेर हिउँको सुन्दरतासँग रमेका छन् ।

समुद्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको रुकुम पूर्व तथा बागलुङको सिमाना स्थाल पातिहाल्ने र आसपासमा प्रायः हिउँदमा यसैगरी हिउँ पर्ने र बर्सेनि आवागमन अवरुद्ध हुने गरेको छ ।

हिउँ पन्छाएर यातायात सहज बनाउन रुकुम पूर्वको प्रशासन र सुरक्षाकर्मीले सकेको कोसिस गरिरहेका त छन् तर प्रयाप्त औजार-उपकरण अभावका कारण मुस्किल हुने गरेको छ ।

थप भिडिओमा :


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement