भारतमा पहिरोले पुरिएर एक नेपाली मजदूरको मृत्यु, पाँच जना घाइते

फाल्गुन १७, २०८१ |मनोज बडू
भारतमा पहिरोले पुरिएर एक नेपाली मजदूरको मृत्यु, पाँच जना घाइते

दार्चुला । भारत उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको धारचुला तहसिल अन्तर्गत नजाङमा शनिबार दिउँसो पहिरोले पुरिएर एक नेपाली मजदूरको मुत्यु भएको छ । उक्त पहिरोमा तीन नेपाली मजदूर सहित दुई जना भारतीय नागरिक घाइते भएका छन् ।

मृत्यु हुनेमा नौगाड गाउपालिका–६ धुलिगडाका सन्तोषसिंह ठगुन्ना रहेका छन् । यस्तै घाइते हुनेमा दार्चुलाको नौगाड गाउपालिका-६ का गणेशसिंह ठगुन्ना, वीरेन्द्रसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, भारतका राकेश जोशी र सुरेश कुमार रहेका छन् ।

उनीहरू सारथि कम्पनी मार्फत सडक निर्माणको काम गर्ने मजदूर हुन् । पसलमा बसिरहेको अवस्थामा माथिबाट एक्कासि पहिरो आएको बताइएको छ । पहिरोमा फसेका उनीहरूलाई स्थानीय सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि धारचुला अस्पताल पुर्‍याएको धारचुला थाना प्रभारी विजेन्द्र शाहले जानकारी दिनुभयो ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement