माओवादी सत्ताको खेलमा छैन : अध्यक्ष दाहाल

फाल्गुन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
माओवादी सत्ताको खेलमा छैन : अध्यक्ष दाहाल

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दल सत्ताको खेलमा नलागेको बताउनुभएको छ । विराटनगरमा बुधबार प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले अहिलेको गठबन्धन ८४ सम्मै कायम हुँदा पनि आफूहरूलाई कुनै घाटा नहुने भएकोले सत्ताको खेलमा नलागेको स्पष्ट पार्नुभयो ।

अहिलेको सरकार गठन नै अस्वाभाविक, अप्राकृतिक र कृत्रिम भएको भन्दै दाहालले यो सरकार आफ्नै बोझले जुनसुकै बेला ढल्ने जिकिर गर्नुभयो । आफ्नो डेढ वर्षे कार्यकालमा केही सकारात्मक परिणाम देखिएको भन्दै आफ्नो सरकार ढालिएको दोहोर्‍याउनुभयो ।

अर्को प्रसंगमा उहाँले आफ्नो पार्टीमा कुनै विवाद नभएको दाबी गर्नुभयो । सल्लाहकार सहित करिब एक हजार जनाको केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गरेको दृष्टान्त दिँदै अध्यक्ष दाहालले माओवादी बढेको मन नपराउनेहरूले माओवादी विरुद्ध बढाइचढाइँ गरेको बताउनुभयो ।

‘जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान’ अन्तर्गत अध्यक्ष दाहाल मोरङका विभिन्न कार्यक्रम सहभागी हुन पूर्वी नेपाल आउनुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement