म्याग्दी । कालीगण्डकी नदी किनारमा भ्यान खसेर दुर्घटनाग्रस्त हुँदा एक महिलाको मृत्यु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथलेस्थित सुकेबगरबाट नारच्याङमा रहेको शिवालयतर्फ जाँदै गरेको बा६च ४६४४ नम्बरको भ्यान कालीगण्डकी किनारामा खस्दा चालक अन्नपूर्ण गाउँपालिका-४ घराप बस्ने ४० वर्षीया सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा भ्यानमा सवार अन्नपूर्ण गाउँपालिका-४ कि नमिता चोचाङे, सोही ठाउँकी विष्णु बुढाथोकी र रूपा पुन घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि सदरमुकाम बेनी लगिँदै छ । घाइतेमध्ये चोचाङी र पुनको टाउकोमा गहिरो चोट लागेको छ ।
मध्याह्न अन्दाजी १२ बजे बेनी जोमसोम सडकको जलथलेको ओरालोमा चालकले नियन्त्रण गुमाउँदा भ्यान दुर्घटनामा परेको अनुमान गरिएको छ ।