अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र म्यानमार भिड्ने

फाल्गुन १४, २०८१ |खेल ब्युरो
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र म्यानमार भिड्ने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप उपाधिका लागि आज घरेलु टोली नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दै छन् । दुवै टोली मैत्रीपूर्ण च्याम्पियन्सिपको उपाधि जित्ने लक्ष्यमा छन् । प्रिम्याच प्रेस कन्फरेन्समा म्यानमारले आफ्ना युवा खेलाडीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्दा नेपाल उपाधिको खडेरी तोड्ने दाउमा छ। 

समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको प्रतिस्पर्धा २-२ को रोचक बराबरीमा टुंगिएको थियो । यसले दुवै टिमको प्रतिस्पर्धात्मक क्षमताको झल्को दिएको छ । यही कारण उपाधि भिडन्त रोमाञ्चक बन्ने पक्का छ ।

नेपाली प्रशिक्षक राजेन्द्र तामाङ र म्यानमारको राष्ट्रिय टिमका जापानी कोच तेत्सुको युकीको टोली बुधबार साँझ ६ बजे दशरथ रंगशालामा आमनेसमने हुनेछन् । लिग चरणमा अपराजित दुवै टोली च्याम्पियन बनेर आउँदो विश्वकप र एसियन कपमा छनोट हुनेसम्मको उत्कृष्ट तयारी देखाउन चाहन्छन् । लिग चरणमा नेपालले कीर्गिस्तान र लेबनानलाई समान १-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । म्यानमार लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले हराउादै उपाधि नजिक पुगेको हो । 

समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको प्रतिस्पर्धा २-२ को रोचक बराबरीमा टुंगिएको थियो । यसले दुवै टिमको प्रतिस्पर्धात्मक क्षमताको झल्को दिएको छ । म्यानमारले प्रतियोगितामा १० गोल गर्दा केबल ३ गोल मात्र बेहोरेको छ भने नेपालले ४ गोल गर्दै २ गोल खाएको छ । यी खेलमा नेपालले अट्याकिङ र प्रेसिङ गेम खेलिरहेको देखिन्छ।

टिमका खेलाडीहरू सावित्रा भण्डारी, प्रिती राई, सविता राना मगर र विमला चौधरी शानदार लयमा छन् । सावित्राको आक्रमण र प्रिती राईको मिडफिल्ड नियन्त्रण नेपालका लागि महत्त्वपूर्ण हतियार हुन् । उसो त प्रशिक्षकका रूपमा राजेन्द्र तामाङ र कप्तानका रूपमा एन्जिलाको यो तेस्रो फाइनल हो । हालसम्म कुनै उपाधि जित्न नसकेको नेपाली महिला टिमलाई घरेलु समर्थकमाझ च्याम्पियन बनेर साफ फाइनलमा बेहोरेको पराजयमा मल्हम लगाउने अवसर पनि छ ।

म्यानमारका लागि मे तेत लुले अहिलेसम्म ३ गोल गर्दै टिमको आक्रमणलाई बलियो बनाएकी छिन् भने अन्य खेलाडीले पनि शानदार प्रदर्शन गर्दै आएका छन् । युवा खेलाडीलाई धेरै दर्शकमाझ खेल्दा फाइदा हुने बताएका प्रशिक्षक तेत्सुको युकी खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छन् ।

नेपाल र म्यानमारबीच अहिलेसम्म चार पटक भिडन्त भएको छ । तीमध्ये नेपालले कुनै पनि खेल जित्न सकेको छैन । यस पटक नेपाललाई इतिहास बदल्ने सुनौलो अवसर मिलेको छ ।



Enter Kantipur TV HD
Advertisement