सामाजिक सञ्जाल विधेयक फिर्ता नहुनेमा सरकार स्पष्ट रहेको सञ्चारमन्त्रीको दाबी

माघ ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सामाजिक सञ्जाल विधेयक फिर्ता नहुनेमा सरकार स्पष्ट रहेको सञ्चारमन्त्रीको दाबी

काठमाडौं । सरकारले संसद्‌मा पेश भएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता नहुने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने विषयमा सरकार स्पष्ट रहेकाले फिर्ता नहुने बताउनुभएको हो । 

संसद्‌मा पेश भइसकेको विधेयकमा केही सच्याउने अथवा थपघट गर्ने अधिकार संसद्‌मा रहेको मन्त्री गुरुङले प्रष्ट पार्नु भएको छ । “सामाजिक सञ्जाल सम्बन्धी विधेयकका सम्बन्धमा संसद्ले जे निर्णय गर्छ, जसरी विधेयक संशोधन गरेर ल्याउँछ त्यो संसद्ले नै गर्ने हो । अहिले उठेका सबै कुराहरूको पनि संसद्‌मै छलफल हुन्छ । विधेयक फिर्ता लिने कुरा हुँदैन । सामाजिक सञ्जाल साँच्चै नियमन गर्न जरुरी छैन त ? सबै टिभी र रेडियोहरूलाई नियम लाग्ने तर अनलाइन टिभीहरूलाई नियम र कानुन नलाग्ने हो र ? यी सबै कुराहरूको पालना गराउनका लागि सामाजिक सञ्जाल सम्बन्धी कानुन अत्यन्तै आवश्यक छ”, उहाँले भन्नुभयो ।

त्यस्तै सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश संसद्‌बाट पारित गर्ने विषयमा पनि दलसँग छलफल भइरहेको मन्त्री गुरुङको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement