
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनअघि नै विशेष महाधिवेशन हुने र नयाँ सभापतिको नेतृत्वमा पार्टी निर्वाचनमा जाने बताउनुभएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा आइतबार निर्वाचन आयोगमा दल दर्ता भएपछि देउवाको पुनः सक्रियतालाई लिएर उठेको प्रश्नबारे थापाले साेमबार सामाजिक सञ्जालमार्फत जवाफ दिनुभएको हो । उहाँले विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन गरिने र नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जाने स्पष्ट पार्नुभएको हो ।
नयाँ नीति र नेतृत्वसहित पार्टी चुनाव लड्ने उहाँको भनाइ छ। सभापति देउवाले गत असोजमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पेर सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरे पनि आइतबार दल दर्ता गर्दा देउवाकै हस्ताक्षर प्रयोग गरिएको छ ।