
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अभिभावक रहने गरी प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।
काठमाडौंमा आइतबार एक कार्यक्रमका बीच भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नुभएका सन्तोष परियारबीचको एकतापछि नयाँ पार्टी घोषणा गरिएको हो । पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेताहरूले बताएका छन् ।
कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रूपमा घोषणा गर्नुभएको थियो । पार्टीमा १५१ जना केन्द्रीय सदस्य रहनेछन् । नेतृ दुर्गा सोवको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ ।