
काठमाडौं । राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आइतबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
कांग्रेसले सभापति शेरबहादुर देउवाकै आधिकारिक हस्ताक्षर चल्ने गरी आयोगमा दल दर्ता गरिएको हो । केन्द्रीय कार्यसमितिको गत असोज २८ को बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिए पनि दल दर्ता गर्दा उहाँलाई नै अघि सारिएको हो ।
आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिनेबारे कांग्रसले शनिबारमात्रै औपचारिक निर्णय गरेको थियो । केन्द्रीय कार्यसमिति बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन-जीले उठाएको मागलाई संस्थागत रूपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय लिएको थियो ।