प्रधानमन्त्रीका स्वकीय सचिवद्वारा श्रीमतीलाई नियुक्ति, चौतर्फी विरोध

जेन-जीद्वारा तत्काल बर्खास्तीको माग
मंसिर ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीका स्वकीय सचिवद्वारा श्रीमतीलाई नियुक्ति, चौतर्फी विरोध

काठमाडौं । जेनजी फ्रन्टले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठको तत्काल बर्खास्ती माग गरेको छ । त्यस्तै, श्रेष्ठले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेजी गर्न पनि माग गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव नेपाल सरकारको सचिवसरह सेवासुविधासहित आदर्श श्रेष्ठले श्रीमतीसहितका व्यक्तिलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको पाइएपछि चौतर्फी विरोध भएको हो । 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई सहसचिव सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गर्नुभएको थियो । उहाँले असोज २ मा श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गर्नुभएको हो । त्यस्तै, श्रेष्ठले आफ्ना अन्य नातेदारलाई पनि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको भन्दै विरोध सुरु भएको छ ।

जेनजी फ्रन्टले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठको तत्काल बर्खास्तीको माग गरेको छ । त्यस्तै, श्रेष्ठले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेजी गर्न पनि माग गरिएको छ ।

प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयमा कोको कुनकुन पदमा कार्यरत छन् भन्ने विवरण सार्वजनिक गर्न पनि फ्रन्टले माग गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.