शेरबहादुरजी कामै गर्नुहुन्न, दिनभर के गर्नुहुन्छ भगवान जानोस् : सुजाता कोइराला

‘अब हुने सभापति शेखर कोइराला हो’
माघ २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
शेरबहादुरजी कामै गर्नुहुन्न, दिनभर के गर्नुहुन्छ भगवान जानोस् : सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी चलाउन नसकेको बताउनुभएको छ । सोमबार भक्तपुरमा ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सभापति देउवाको कुनै सिद्धान्त र विचार नरहेको बताउनुभयो । उहाँले देश कांग्रेसले नभई नेकपा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाइरहेको पनि बताउनुभयो । उहाँले आगामी महाधिवेशनबाट डा. शेखर कोइराला कांग्रेसको सभापति बन्ने र आफ्नो समर्थन रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रजातन्त्र एकदम कमजोर भएको अवस्था छ । आज यो देश नेपाली कांग्रेसले हाँकेको छैन । यो देश आज एमालेले हाँकिरहेको छ । ओलीजीले नेतृत्व लिनुभएको छ । ओलीजीले देश हाँकिरहनुभएको छ । नेपाली कांग्रेस स्याडो (छायाँ)मा परेको छ । शेरबहादुरजी, उहाँको कुनै विचार छैन, उहाँ केही पनि गर्नुहुन्न । उहाँ कामै गर्नुहुन्न । उहाँ दिनभर के गर्नुहुन्छ, भगवान जानोस् तर उहाँले नेपाली कांग्रेस हाँक्न सक्नुभएको छैन । त्यसैले मैले निर्णय गरें, अब हुने सभापति शेखर कोइराला हो । शेखर कोइरालालाई मेरो सपोर्ट हुनेछ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement