काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो संसद भवन नयाँ वानेश्वरमा बस्दै छ । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । संघीय संसदको गत २४ गतेकै बैठकबाट सरकारले जारी गरेका अध्यादेश स्वीकृत गर्ने तयारी गरेको सत्तापक्षले बहुमत नपुग्ने भएपछि कहिले पेश गर्ने भन्दै अन्योल बढेको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
साथै, गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी, राष्ट्रियसभाको बैठक पनि आज दिउँसो सवा १ बजे बस्दैछ ।