काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलेले माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूसँग गरेको फोन संवादबारे अनावश्यक रुपमा प्रचारबाजी गरेको आरोप लगाउनु भएको छ ।
नेता पोखरेलले सामाजिक सञ्जालमा पोस्ट गर्दै शिष्टाचारबस हुने कुराकानीलाई 'एमाले महासचिवको याचना' भनेर माओवादी नेता पुनले प्रचारबाजी गरेको लेख्नु भएको हो ।
माओवादी नेता पुनलाई उदृत गर्दै 'नेकपा एमालेका महासचिव पोखरलले संसदबाट अध्यादेश स्वीकृतिका लागि माओवादी नेता पुनलाई फोन गरेर सहयोग मागेको' भनी हिजो विभिन्न सञ्चार माध्यममा समाचारहरु प्रकाशित भएका थिए । त्यसकै खण्डन गर्दै नेता पोखरेलले फेसबुकमा लामो स्टाटस लेखेर त्यस्ता गतिविधिले माओवादीलाई नै नोक्सानी हुने चेतावनी दिनु भएको छ ।
यस्तो छ एमाले महासचिव शंकर पोखरेलको स्टाटस