काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन काठमाडौंमा सुरू भएको छ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टीका अध्यक्ष बाबुराम भट्टराईले महाधिवेशनको उद्घाटन गर्नुभयो । भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ नामक राजनीतिक प्रतिवेदन समेत पेश गर्नुभएको छ ।
भट्टराईले वैकल्पिक राजनीति वर्तमान युगको अपरिहार्य आवश्यकता भएको भन्दै नयाँ शक्ति र व्यक्तिहरूसँग संवाद तथा कार्यगत एकतालाई जोड दिनुभएको छ । सत्ताको राजनीतिमा डुबेका पुराना शक्तिहरूसँग सहकार्य र मोर्चाबन्दी प्रत्युत्पादक हुने विगतका अनुभवहरूले पुष्टि गरिसकेको भन्दै नयाँ शक्ति निर्माण जुटेको दाबी गर्नुभएको छ । त्यसैले महाधिवेशन उद्घाटनमा समेत रास्वपा, जनमत, नाउपा र विवेकशील पार्टीलाई मात्रै निम्तो दिइएको थियो ।
यो महाधिवेशनमा १४ सय प्रतिनिधिले ११ पदाधिकारी, ९९ सय सदस्य केन्द्रीय समिति चयन गर्नेछन् ।
यस्तो छ पूर्णपाठ :