काठमाडौं । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो एक बजे बस्दैछ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावका साथै निकासी पैठारी (नियमन) विधेयक, २०८१ प्रश्तुत गर्नुहुने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रबितवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रश्ताव र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।