रौतहटमा स्कारपिओ र मालबाहक ट्रक एक आपसमा ठोक्किदा पाँच जना घाइते

माघ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
रौतहटमा स्कारपिओ र मालबाहक ट्रक एक आपसमा ठोक्किदा पाँच जना घाइते

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको पूर्व पश्चिम राजमार्गमा स्कारपिओ र मालबाहक ट्रक एक आपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् ।

मंगलबार बिहान चन्द्रपुर नगरपालिका ५ चाँदी पुल नजिक सर्लाही तर्फ जाँदै गरेको ना.४ च.३६९४ नम्बरको स्कारपिओ र विपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०१–००६ ख ५७२९ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोक्किदा स्कारपिओका चालक सहित पाँच जना घाइते भएका हुन् ।

घाइते पाँच जना मध्ये बारा जिल्ला सिम्रौनगढ नगरपालिका ७ का सन्तोष कुशवाहाको टाउको र निधारमा चोट लाग्दा उनको अवस्था गम्भीर रहेको छ ।

कुशवाहालाई थप उपचारको लागी काठमाडौं रिफर गारिएको छ । त्यस्तै रौतहटको मौलापुर नपा ३ सुदिपकुमार यादव, दुर्गा भगवती गाउँपालिका ५ का प्रशान्त ठाकुर, बौधीमाई नगरपालिका ३ मटिअर्वाका स्कारपिओ चालक रामविनोद महतो र सोही नगरपालिका वडा नम्वर २ का प्रदीप कुशवाहा घाइते भएका छन् ।

घाइतेहरूको टाउको, निधार, हात, आँखा लगायतका शरिरको विभिन्न भागमा लागेको चोटका कारण उनीहरूको स्थानीय अस्पतालमा उपचार भईरहेको र अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

ट्रक चालक दोलखा जिरी नगरपालिका वडा नम्वर ४ का फुरी तामाङलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement