सामाजिक सञ्जाल विधेयक नियन्त्रण होइन नियमन गर्न ल्याइएको : मन्त्री गुरुङ

माघ २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सामाजिक सञ्जाल विधेयक नियन्त्रण होइन नियमन गर्न ल्याइएको : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न नभई नियमन गर्न ल्याइएको बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विधेयकमा कतै बन्द गर्ने भनेर लेखिएको छ र ? भन्दै प्रश्न समेत गर्दै नियमन गर्ने कुरा लेखिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा बन्द गर्ने कुरा गरिएको छैन । नियमन गर्ने कुरा गरिएको छ । नियमन गर्न विधेयक ल्याएको हो । बन्द गर्न, नियन्त्रण गर्न ल्याइएको होइन । संसद्‌बाट पास हुन्छ ।”

विधेयक संसद्‌बाट पारित हुने भएकाले निर्णय संसद्‌ले नै गर्ने उहाँले बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.