सहमति कार्यान्वयनमा सरकारले चासो नदिएको भन्दै केबलकार निर्माण विरोधी पक्षले आन्दोलन गर्ने

माघ २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहमति कार्यान्वयनमा सरकारले चासो नदिएको भन्दै केबलकार निर्माण विरोधी पक्षले आन्दोलन गर्ने

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधमा रहेको आन्दोलनरत पक्षले भोलिदेखि आन्दोलनका कार्यक्रम गर्ने भएको छ । सरकारी पक्ष र आन्दोलनरत पक्षबीचको वार्ताको ६ बुँदे सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाएको भन्दै भोलिदेखि आन्दोलन गर्ने उनीहरूले घोषणा गरेका हुन् ।

पाथीभरामा केबलकार निर्माणको काम तत्काल रोकेर छलफललाई बढाउने सहमति भए पनि सरकार पक्षले कार्यान्वयन नगरेकाले आन्दोलनरत पक्षले विरोध सभादेखि विरोध यात्रासम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोली बनाएकोमा आन्दोलनरत पक्षले भने उच्चस्तरीय वार्ता समितिको माग गरेको थियो । आन्दोलनप्रति विभिन्न राजनीतिक दल सहित अधिकारकर्मीहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement