शानदार मःममा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका मध्ये २ जनाको मृत्यु

माघ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
शानदार मःममा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका मध्ये २ जनाको मृत्यु
तस्बिर : अंगद ढकाल

काठमाडौं । काठमाडौँको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका ११ जनामध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचाररत मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घले मगरको मृत्यु भएको हो । 

९ जनाको कीर्तिपुर अस्पतालमा उपचार जारी छ । ग्यास पड्किएपछि जलेर घाइते भएका उनीहरुलाई कीर्तिपुर अस्पताल लगिएको थियो । शय्या अभावका कारण आइसीयूमा राख्नुपर्ने बिरामीलाई जनरल वार्डमा राखेर उपचार गरिएको थियो ।

सरकारले सातै प्रदेशका विभिन्न अस्पताललाई जलन उपचार केन्द्र तोकेर आर्थिक अभाव भएका बिरामीलाई निःशुल्क उपचार गर्ने घोषणा गरे पनि पूर्वाधार र जनशक्तिको अभाव छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement