राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले लाग्दैन : प्रधानमन्त्री ओली

माघ ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले लाग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले नलाग्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले आफ्नो भूअवस्थालाई नबिर्सिएको र भूराजनीतिका नाममा सत्ता स्वार्थमा जाने, सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जेसुकै पनि निर्णय गर्ने काम एमालेले नगर्ने बताउनु भयो ।

उहाँले राष्ट्रिय हितलाई तिलाञ्जली दिन तयार हुने जस्ता स्तरहिन, अनैतिक कामहरू एमालेले नगर्ने बताउनु भयो । उहाँले भूराजनीतिलाई अपजस लगाउनु भनेको आफ्नो कायरतालाई लुकाउने काम मात्रै भएको बताउनु भयो । उहाँले राष्ट्रिय हितमा अडान लिन सक्नुपर्ने बताउनु भयो । भूराजनीति भनेको सावधानी, सन्तुलित र दृढताका साथ राष्ट्रिय हितको रक्षा गर्न चनाखो हुनु रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपालले आफ्ना छिमेकी मित्र राष्ट्रहरूसँग खुलस्त मित्रतापूर्ण ढंगले आफ्ना तर्क राख्नुपर्ने बताउनु भयो । नेपाल असंलग्न परराष्ट्रनीतिमा अडिग रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement