इजरायल र हमासबीच गाजा युद्ध अन्त्य गर्ने सहमति

माघ २, २०८१ |प्रभात सिंह
इजरायल र हमासबीच गाजा युद्ध अन्त्य गर्ने सहमति

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको अर्थ विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको हो ।

अमेरिकाको बर्हिगमन जो बाइडन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनको बर्हिगमनको क्रममा रहेको प्रशासनले दबाब बढाएपछि युद्धविरामले अन्तिम रुप लिएको हो । दुवै पक्षले युद्धविराम प्रस्तावमा हस्ताक्षर गर्दै गाजा युद्धविराम र बन्धक रिहाई सहमति भएको बताएको छ ।

कतारको दोहामा भएको वार्तामा दुवै पक्षका अधिकारीहरूबीच एउटै भवनमा अप्रत्यक्ष वार्ता गर्दै निश्कर्षमा पुगेको हुन् । युद्धविराममा सहमति भएको ४८ देखि ७२ घण्टा भित्र लागु हुने बताइएको छ । सम्झौता भए अनुसार हमासले पहिलो चरणमा ३४ जना इजरायली बन्धक रिहा गर्नेछ ।

यस्तै युद्धविरामको १६ औं दिनमा सम्झौताको दोस्रो र तेस्रो चरणको लागि वार्ता सुरू हुनेछ ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement