भूकम्पबाट सुरक्षित रहन के गर्ने ?

माघ २, २०८१ |विकास आचार्य
भूकम्पबाट सुरक्षित रहन के गर्ने ?
काठमाडौं । १९९० सालको महाभूकम्प यता साना ठूला धेरै भूकम्प र जनधनको ठूलो क्षति भोगिरहँदा पनि पूर्वसावधानी र प्रतिरोधी संरचनामा गम्भीर ध्यान पुगेको छैन । गोरखा केन्द्रबिन्दु भएको २०७२ सालको र डेढ वर्ष अघिको जाजरकोटको विनासकारी भूकम्प भोगेको र देखेकै पुस्ताले समेत सावधानी र सुरक्षामा जति गर्नुपर्ने हो त्यति ख्याल गरेको देखिन्न । भूकम्पबाट सुरक्षित रहनुनै भूकम्पप्रतिको प्रतिकार्य हो । अहिले पनि हरेक दिन १० भन्दा बढी भूकम्प जान्छ । कति थाहा हुन्छ कति हुँदैन । त्यसो भए भूकम्पमा कस्ता घर सूरक्षित हुन्छन् र सुरक्षित रहन के गर्ने त? 

विकास आचार्य र सञ्जय लुईटेलले तयार पारेको यो स्थलगत रिपोर्ट हेर्नुहोस :


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement