पार्टी सभापतिका नाममा नक्कली विज्ञप्ति प्रवाह भएपछि कांग्रेसको आपत्ति

पुस २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पार्टी सभापतिका नाममा नक्कली विज्ञप्ति प्रवाह भएपछि कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य सम्प्रेषित भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषित भएकोमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।

‘नेपाली राजनीतिलाई तरंगित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सिर्जना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सित मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

हतास मनस्थितिबाट यस्ता क्रियाकलाप भएको भन्दै कांग्रेसले यस्तो गैरकानुनी काममा संलग्नलाई कानुनी दायरामा ल्याउन पनि माग गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement