मोरङ । कोशी प्रदेश सभाको हिउँदे तथा छैटौं अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आउँदो माघ ७ गते सोमबार दिउँसो २ बजेका लागि संसद् बैठक आह्वान गर्नुभएको हो ।
उहाँले नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको छैटौं अधिवेशन आह्वान गर्नुभएको हो । आइतबार नै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको छैटौं अधिवेशनको आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
कोशी प्रदेश सभाको पाँचौ अधिवेशन गत असोज चार गते अन्त्य भएको थियो ।