संसदीय प्रणालीभित्र दलहरुको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे

पुस २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसदीय प्रणालीभित्र दलहरुको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरुको भूमिका प्रमुख हुने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भूमिका प्रमुख हुने बताउनुभएको हो । उहाँले दलहरुले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताउनु भयो ।

उहाँले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवर्धन हुने जिकिर गर्नुभयो । उहाँले राजनीतिक दल आफैँ आम जनतालाई ठीक दिशामा लैजाने र जनताका अभिमतालई ठीक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताउनु भयो । जनताका अभिमतहरु उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताउनु भयो । लोकतान्त्रिक विधिअनुसार नबनेको राजनीतिक दलहरुमाथि प्रश्न उठ्नु स्वभाविक भएको उहाँको भनाइ छ ।

सभामुख घिमिरेले भन्नुभयो, ‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भूमिका सर्वप्रथम माथि रहन पुग्छ । त्यति मात्र होइन, दलहरु नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने र दलको भूमिकामार्फत नै यसलाई प्रवर्धन गर्दै अघि जाने कुराहरु हुन्छन् ।'

सभामुख घिमिरेले जनतामा सूचनाको हकको अधिकार सुनिश्चित गर्न सबैले आफ्नो-आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement