उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी काम भइरहेको छ : मन्त्री पाण्डे

पुस २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी काम भइरहेको छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । आइतबार कामठमाडौंमा नेपाल होटल व्यवसायी महासंघको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो भन्नुभएको हो ।

उहाँले नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसारलाई तीव्र बनाउनुपर्ने बताउनुभयो । उहाँले नेपालको पर्यटकीय सम्भावना देखाउने माध्यम नागरिक उड्डयन क्षेत्र भएकाले हवाई उडानलाई सहज र सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी हेलिकोप्टरबाट पनि जानसकौं, जहाजबाट पनि जानसकौं । विदेशबाट पनि हवाई सेवाबाट आउनसकौं । हामीसँग जोडिएका संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौं ।”

उहाँले पर्यटनसँग सम्बन्धित मन्त्रालय, सरकारी र निजी निकायहरूसँग समन्वय र सहकार्य गरेर माघमा सर्वपक्षीय सम्मेलन गर्ने जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement