सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट पारित

पुस ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट पारित

काठमाडौं । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकले सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको हो । समिति सभापति सन्तोष चालिसेले भैँसी, बाख्रा किनबेचदेखि अन्य प्रकारका साना र घरायसी कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पास भएको बताउनुभयो ।

ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीलाई पनि फाइदा पुग्ने उहाँको भनाइ छ । अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेस गर्ने तयारी समितिको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement