आजका मुख्य समाचार,
* संसद् अधिवेसनलाई पर्याप्त विजनेस नै नहुने देखिएपछि विकल्प खोज्दै सरकार / समितिमा विचाराधीन विधेयक अघि बढाउन नियमावली संशोधनको गृहकार्य / कार्यदलमा छलफल ।
* वर्षौंदेखि घाटामा रहेका आठ वटा उद्योगलाई निजीकरण गर्दै सरकार / एक खर्ब दायित्व र सञ्चालनको मोडालिटी भने टुंगो लाग्न बाँकी ।
* ऋणिको सम्पत्ति लिलामीबाट सहकारी पीडितको रकम फिर्ता गराउने व्यवस्थासहितको अध्यादेश आउँदै / १० लाखभन्दा बढी रकम बचत गर्न स्रोत अनिवार्य खुलाउनुपर्ने ।
* दक्षिण कोरियाको विपक्षी दलका सांसदद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव दर्ता / डेमोक्रेटिक पार्टीले प्रस्ताव गरेका न्यायाधीश नियुक्त नगरेको आरोप ।
* नेपाल ओलम्पिक कमिटीको निर्वाचन प्रक्रिया तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश / सरकारी निर्देशन र अदालतको आदेशविपरित निर्वाचन गराउने तयारी / कारबाही गर्ने सरकारको चेतावनी ।