काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।
उहाँको अचानक स्वास्थ्य बिग्रिएपछि आज नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएको थियो ।
उपचारका क्रममा पूर्वप्रधानमन्त्री सिंहको बिहीबार (आज) बेलुका ९ : ५१ मा अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बन्नुभएको थियो ।