परराष्ट्रमन्त्री स्वदेश फिर्ता

मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्री स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्वदेश फर्कनु भएको छ । चीनको तीन दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री राणा केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नु भएको हो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुग्नुभएको उहाँले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नु भएको थियो । सो अवसरमा उहाँहरूबीच नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो । 

आज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री राणाले चिनियाँ विदेशमन्त्रीसँग आर्थिक तथा सामाजिक समझदारी कायम राख्ने विषयमा छलफल भएको बताउनु भयो । यस्तै विगतमा भएका सहमतिलाई अगाडि बढाउने विषयमा कुरा भएको उहाँले बताउनु भयो । उहाँले नेपाली पक्ष ऋण लिनसक्ने पक्षमा नभएको भन्ने कुरा पनि चिनियाँ विदेशमन्त्री समक्ष राखेको बताउनु भयो ।

प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै हुनु हुन्छ । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनु हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement