बीआरआई परियोजनालाई गिजोलेर विवादमा तान्नु उचित होइन : प्रदीप ज्ञवाली

मंसिर १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीआरआई परियोजनालाई गिजोलेर विवादमा तान्नु उचित होइन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ -बीआरआई परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताउनुभएको छ ।

बीआरआई परियोजनाको मोडालिटीबारे सत्तारुढ दलभित्रै फरक धारणा आईरहेका बेला आज काठमाडौंमा आयोजित कार्यक्रममा एमाले उपमहासचिव ज्ञवालीले त्यसलाई गिजोल्ने गरी विवादमा तान्न नहुने बताउनुभयो। बीआरआई परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको उहाँको भनाइ छ ।

कार्यक्रममा जनता समाजवादी पार्टीका सांसद तथा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सभापति राजकिशोर यादवले सो परियोजनालाई राष्ट्रिय सहमति जुटाएर मात्रै अघि बढाउन उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले मुलुकलाई घाटा हुने गरी सहमति गर्नेहरुबाटै रकम असुली गर्ने पद्दति बसाल्न पनि माग गर्नुभयो ।

उहाँले बीआरआई परियोजनामा सत्तारुढ कांग्रेस-एमाले पनि साझा निष्कर्षका साथ अघि बढनुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement