काठमाडौं । देशमा लगानीको वातावरण छ कि छैन भनेर मापन गर्ने इकाइमा नेपालमा लगानीको वातावरण सकारात्मक भएको देखाएको छ ।
अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच क्रेडिट रेटिङ’ले नेपाललाई ‘बीबी माइनस’ रेटिङ ग्रेड प्रदान गरेसँगै लगानीको वातावरण सकारात्मक देखिएको हो ।
नेपालमा विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा रहेको, आर्थिक गतिविधि चलायमान बन्ने संकेत देखिएकाले आर्थिक वृद्धिदर समेत सकारात्मक हुने अनुमानका आधारमा उक्त रेटिङ प्रदान गरिएको हो । योसँगै नेपाल, भारतभन्दा दुई स्थान तल रहेको छ । जुन अन्य दक्षिण एसियाका देशहरु भन्दा धेरै राम्रो हो ।
गत भदौ अन्तिम साता नेपाल आएको फिच क्रेडिट रेटिङको टोलीले मूल्याङ्कन प्रक्रियाअन्तर्गत स्थलगत अध्ययन गरेको थियो । जसमा कुल गाहर्स्थ उत्पादनको तुलनामा ऋण कम भएको र विकासउन्मुखक मुलुकको अन्य देशको भन्दा यो स्थीति राम्रो भएकाले सकारात्मक रेटिङ आएको विज्ञहरुको बुझाइ छ ।
सामान्यतया ‘बीबी माइनस’ देखि माथिको रेटिङलाई लगानीका लागि राम्रो मानिन्छ ।