उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन संविधान संशोधन गर्ने समझदारी भएको छ : देउवा

मंसिर ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन संविधान संशोधन गर्ने समझदारी भएको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनका लागि संविधान संशोधन गर्ने समझदारी भएको बताउनु भएको छ । 

देउवाले काठमाडौंमा आयोजित डेमोक्रेटिक लयर एसोसिएसनको कार्यक्रममा संविधान संशोधन गरेर उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष पनि बनाउनेगरी संविधान संशोधनका लागि सहमति भएको जनाउनु भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.