स्थानीय तहको उपनिर्वाचनका लागि रास्वपाले माग्यो उम्मेद्‍वारको आवेदन

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्थानीय तहको उपनिर्वाचनका लागि रास्वपाले माग्यो उम्मेद्‍वारको आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको आवेदन मागेको छ ।

रास्वपाले आइतबार दिउँसो २ बजेसम्मको समय दिँदै आवेदन आह्वान गरेको हो । एकभन्दा बढी आवेदन परेमा प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु हुने रास्वपाले जनाएको छ । 

आफ्ना योग्य उम्मेदवार नपाएमा कुनै पनि पार्टीमा नरहेका स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न सकिने, तर चुनावअगाडि कुनै पनि पार्टी वा नेतासँग गठबन्धन नगरिने रास्वपाले स्पष्ट पारेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement