‘प्रदेश सरकारमा कसलाई पठाउने भन्ने जिम्मा प्रदेश समितिलाई नै नदिँदा काम र औचित्य देखाउन सकिएन’

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘प्रदेश सरकारमा कसलाई पठाउने भन्ने जिम्मा प्रदेश समितिलाई नै नदिँदा काम र औचित्य देखाउन सकिएन’

दाङ । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले केन्द्रले प्रदेश सरकारमा कसलाई पठाउने भन्ने जिम्मा पार्टीको प्रदेश समितिलाई नदिँदा प्रदेश सरकारको काम र औचित्य देखाउन नसकेको टिप्पणी गर्नुभएको छ ।

प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले प्रदेश समितिले निर्णय गरेर मन्त्री बनाउने र तिनका कामको निगरानी गर्ने भए पनि त्यसअनुसार केन्द्रले अधिकार नदिँदा प्रदेश सरकारका काम प्रभावकारी बनाउन नसकेको टिप्पणी गर्नुभएको हो । यसबारे पटकपटक केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराए पनि बेवास्ता गरेको उहाँको गुनासो छ ।

उहाँले प्रदेशका मन्त्रीहरूले आफू अनुकुलका योजना बनाउने र अघिल्ला योजना नहेर्दा धेरै योजना अलपत्र परेको र बजेट खर्चको प्रभावकारिता नरहेको बताउनुभयो। प्रदेश समितिले कांग्रेस सरकारमा हुँदा गरिने हरेक काममा निगरानी राख्ने गरे पनि संघले प्रदेशलाई अधिकार नदिँदा कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.