आज दुई वटा संसदीय समितिको बैठक बस्दै

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

संसदीय सुनुवाई समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा प्रश्तावित सर्वोच्च अदालतका न्यायाधीशको उजुरी खोल्ने कार्ययोजना वितरण गर्ने सम्बन्धी छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बस्ने छ ।

यस बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली सहित अख्तियार आयोग प्रमुख पनि सहभागी हुने कार्यक्रम रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.