सरकारले सय दिनमा गर्छु भनेका ७० प्रतिशत काम पूरा भए : प्रधानमन्त्री ओली

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारले सय दिनमा गर्छु भनेका ७० प्रतिशत काम पूरा भए : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गर्छु भनेका ७० प्रतिशत काम पूरा भएको दाबी गर्नु भएको छ । बुधबार सिंहदरबारमा सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक गर्ने क्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो ।

सय दिनमा मन्त्रालयहरुले गर्ने तय गरिएका २ सय ७४ वटामध्ये १८५ वटा काम सम्पन्न भएको प्रधानमन्त्री ओलीले जानकारी दिउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार गठनको सय दिनमा शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निष्कर्षमा पुर्‍याउन सफल भएको उल्लेख गर्दै लामो समय द्वन्द्व खेपेका नागरिकका लागि यो सुखद भएको बताउनुभयो । यस्तै, काम गर्न नदिने उद्धेश्यले सरकार ढल्ने अफवाह फैलाइएकाले त्यस्तो दिवास्वप्न नदेख्न पनि उहाँले आग्रह गर्नुभयो । 

सरकार गठनको एक सय दिनको अवधिमा विपद्‌बाट मृत्यु भएका ३ सय ९१ जनाका परिवारले २ लाखका दरले राहत पाएको उहाँले बताउनुभयो । राहतका लागि ७१ वटा स्थानीय तहमा ४३ करोड बाँडिएको समेत उहाँले जानकारी दिनुभएको हो ।

यस्तै सरकारले १५ लाख दुग्ध किसानको भुक्तानीका लागि ६० करोड निकासा गरेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो । १५ लाख दुग्ध किसान र ७५ हजार उखु किसानले पनि भुक्तानी पाएको उहाँले जनाउनु भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.