सहकारी ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइयो : प्रधानमन्त्री ओली

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनको अवधिमा सहकारी ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइएको बताउनुभएको छ ।

सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सहकारी बचत अपचलनमा संलग्नमध्ये हालसम्म ६ सयभन्दा बढीलाई कानुनी कारबाही गरिएको बताउनु भएको हो  ।

यस्तै सरकारले सय दिनमा निर्माण व्यवसायीले पाउनु पर्नेमध्ये ६ अर्ब ७५ करोड भुक्तानी दिइएको समेत जानकारी प्रधानमन्त्रीले दिनुभयो ।

सरकारका सय दिनमा सेयर बजार समेत प्रगतिको लाइनमा आएको उहाँले दाबी गर्नुयभो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.